काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३१ हजार १२२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।








