हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार कात्तिक ६ गते हेटौंडास्थित प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री पौडेललाई कोरोना पुष्टि भएको थियो । काभ्रे जिल्लाको धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा मुख्यमन्त्री पौडेल कोरोना संक्रमण मुक्त भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।








