• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

लकडाउनपछिको आठ दिनसम्म सवा छ अर्ब रुपैयाँ बराबरको सामान नेपाल आयात

  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं : लकडाउनपछिको आठ दिनसम्म सवा छ अर्ब रुपैयाँ बराबरको सामान नेपालभित्र आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत ११ देखि १८ गतेसम्म छ अर्ब २४ करोड मूल्य बराबरका वस्तु नेपाल भित्रिएका हुन् ।

    यो अवधिमा सबैभन्दा बढी मूल्यको तयारी औषधिबाट नेपाल भित्रिएको छ । आठ दिनको अवधिमा २८ करोड २३ लाख बराबरको औषधि नेपाल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यो बीचमा तीन करोड ६९ लाख बराबरको औषधि पनि आयात भएको छ ।विभागका महानिर्देशक सुमन दाहाल अहिले अत्यावश्यक वस्तु मात्रै आयात भइरहेको बताउँछन् । अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुको आयात बढेपनि अन्य मालसामानको आयात लगभग ठप्प भएको उनको भनाइ छ ।अहिले नेपाल र भारत दुबैतर्फ लकडाउन छ । दुबैतर्फ अत्यावश्यक वस्तु मात्रै भन्सार जाँचपास भइरहेको छ ।

    यो अवधिमा नौ हजार आठ सय नौ मेट्रिकटन ग्यास आयात भएको छ । बजारमा अहिले ग्यासको चरम अभाव छ । यस्तो अवस्थामा निगमले नियमित अवस्थाकै परिमाणमा ग्यास आयात गरिरहेको देखिन्छ । सामान्य अवस्थामा निगमले महिनामा ३५ हजार मेट्रिकटन ग्यास आयात गर्दछ ।

    त्यसैगरी, यो एक हप्ताको अवधिमा तीन हजार तीन सय ९६ किलोलिटर डिजेल र तीन हजार दुई सय किलोलिटर पेट्रोल आयात भएको छ । १४ हजार ४५७ मेट्रिकटन खाद्यान्न पनि आयात भएको विभागका महानिर्देशक दाहालले जानकारी दिए ।

    आठ हजार तीन सय १२ मेट्रिक टन तरकारी र पाँच हजार नौ सय ४१ मेट्रिक टन गेडागुडी तथा दाल आयात भएको छ । यसैगरी, भारतबाट एक हजार ६० मेट्रिकटन फलफूल तथा सात हजार मेट्रिक टन दुग्धजन्य पदार्थ नेपाल भित्रिएको छ । महानिर्देशक दाहालले खाद्यान्न, गेडागुडी, तरकारी तथा फलफूलको आयात सामान्य रुपमा भइरहेको बताए । अत्यावश्यक वस्तुको भन्सार कम हुने भएकाले राजश्व प्रभावित भएको उनको भनाइ छ ।

    समीक्षा अवधिमा सिर्सियास्थित सुख्खा बन्दरगाहबाट ३४ करोड ८८ लाखको सामान जाँचपासपछि नेपाल आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले १६ करोड २२ लाख बराबरको मात्रै सामान भित्रिएको जानकारी दिएको छ ।

    लकडाउनपछि भैरहवा भन्सार कार्यालयबाट १७ करोड ८८ लाख बराबरको मालसामान भित्रिएको छ भने विराटनगरस्थित रानी भन्सार कार्यालयबाट ५ करोड ९३ लाख बराबरको समान भित्रिएको देखिन्छ । मेची भन्सारबाट १२ करोड २० लाख मूल्यका सामान नेपाल भित्रिएको छ ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    बागमती मन्त्रिपरिषद् विस्तारः राप्रपाका तीनसहित ६ नवनियुक्त मन्त्रीले लिए शपथ
    बागमतीमा एमाले, नेकपा र राप्रपाबीच टुंगियो मन्त्रालय भागबन्डा, कुन दललाई कति?

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.