• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा प्रधानमन्त्री ओली

  •   मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन् । पार्टीमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताका साथै पूर्वमाओवादी समूहका नेताहरूले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीप्रति सहानुभूति राख्ने नेताहरूले समेत बैठकबाटै समस्याको समाधान खोज्न आग्रह गर्न थालेका छन् । ‘केही समयअघि ओलीप्रति सहानुभूति राखेका र पूर्वमाओवादी खेमाका नेताहरूले पनि बैठक राखेर विवाद अन्त्य गर्न दबाब दिँदा प्रधानमन्त्री झन् अप्ठेरोमा परेका छन्’, नेकपा उच्च स्रोतले भन्यो । पार्टी महासचिव विष्णु पौडेलले भने केही दिनमै सचिवालय बैठक बस्ने बताएका छन् । ‘परामर्शपछि सचिवालय बैठक बस्छ’, उनले भने ।

    तोकेको समयसम्म पनि ओलीले सचिवालय बैठक नबोलाएपछि सोमबार साँझ दाहालसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा छलफलमा जुटेका थिए । उनीहरू मंगलबार एक दिन कुर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो । त्यसअघि बिहान महासचिव पौडेल खुमलटार पुगेर ओली स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न तयार रहेको र विधानअनुसार बैठक बोलाउन लागेको जानकारी गराएका थिए । पौडेलसँगको भेटमा दाहालले सचिवालय बैठक तत्कालै बोलाएर विवादित विषयबारे छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

    दाहालले सचिवालय बैठक आफैं पनि बोलाउन सक्ने संकेत गरेका थिए । स्रोतका अनुसार दाहालले पौडेलसँग भने, ‘कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउन म पनि सक्छु तर ओलीजीले नै बैठक बोलाऊँ भन्नुभयो भने झन् सहज हुन्छ, विवाद हुन्न । पार्टी एकीकरणको मर्म र भावनाको सम्मान हुन्छ त्यसकारण चाँडै बैठक बसौं ।’

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाउँदै छलफल गर्दै आएका छन् ।

    महासचिव पौडेलले भरसक चाँडै नै सचिवालय बैठक बस्ने बताउँदै दुई अध्यक्षबीच देखिएको संवादहीनता र दूरी कम गर्न आग्रह गरेका थिए । ‘पार्टी एकता दुई अध्यक्षले नै गरेको, त्यसलाई जोगाउने काम पनि दुई अध्यक्षकै भएकाले समस्याको समाधान भनेकै संवाद हो । त्यसकारण दूरी बढाएर वा एकले अर्कालाई दोष देखाएर पन्छिन मिल्दैन । संवादबाटै समस्या समाधान गर्न आग्रह गरिएको छ’, महासचिव पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो । उक्त समाचार आजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.