• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रैथाने बिउ लोप भयो, ‘वर्णशङ्कर’ खोज्दै कृषक

  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । २०७२ को भूकम्पअघि भान्साकोठाको निदालभरि स्थानीय जातको काँक्रोको बिउ हुने मण्डन देउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काँक्रो रोप्नुपर्ने बेला भएपछि बजार जान्छन्। एउटा काँक्रो काट्दा गाउँभरि बास्ना फैलिने, तीन किलोसम्मको फल्ने काँक्रो अहिले लोपै भएको उनको गुनासो छ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ, परम्परागत रूपमा आफ्नै घरमा धेरै किसिमका बिउ आफैंँले जोगाएर राख्ने र नपुग बिउ छिमेकी, आफन्त र साथीभाइकहाँबाट साटासाट गरेर लगाउने चलन हराएको सापकोटाको भनाइ छ। शहरवरपर तथा सुगम क्षेत्रका कृषकले घरमा बिउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढेपछि बिउ राख्ने चलन हराएको सापकोटा बताउँछन्।

    उन्नत जात तथा वर्णशङ्कर (हाइब्रिड) बिउ र प्रविधि विस्तारसँगै घरमा जोगाएर राख्ने परम्परागत बिउको संरक्षणै सङ्कटमा परेको उनले बताए। उहाँ मात्रै होइन, बिउ हराएकोमा दाङ तुलसीपुरका शान्ता शर्मालाई पनि पिरलो परेको छ। कालो धानको बिउ नै पाउन छाडेको र अबको पुस्ताले त्यसको अनुभव गर्न नपाउने उनको चिन्ता छ। गाउँबाट मानिस क्रमशः शहरमा बसाइँ सर्न थालेपछि रैथाने जातका बिउ क्रमशः लोप हुन शुरु भएको उनको अनुभव छ। सिमेन्टका घर बन्न थालेपछि पनि बिउ जोगाउन कम भएको उनले बताए। वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले उन्नत जात र हाइब्रिड बिउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुगे पनि नेपालको हकमा केही अपवादबाहेक बजारमा उपलब्ध हाइब्रिड बिउ आयातित भएकाले रैथाने जात लोप हुने अवस्थामा पुगेको बताए।

    बजारबाट बिउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषक बिउमा परनिर्भर बन्दै गइरहेका छन् भने अर्कोतिर रैथाने बिउका साथै बिउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सिप र प्रविधि पनि हराएर गइरहेको उनले बताए। नेपाल सरकारको तथ्याङ्कले पनि बर्सेनी बिउको आयात बढिरहेको र कृषकको खेतबारीबाट रैथाने बिउ क्रमशः लोप हुँदै गएको देखाउँछ। यो क्रम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाउँघरका कृषकको भान्सामा पनि के पाक्छ भन्ने कुरा बजारले निर्धारण गर्ने उहाँले बताए। सरकारको तथ्याङ्कमा एक वर्षमा दुई अर्ब १८ करोड रुपियाँको बिउ आयात भएको देखिएको छ।

    बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले एक वर्षमा सो परिणाममा बिउ आयात हुने उल्लेख गरेको हो। चितवनमा मनसुली धान विस्तार भएपछि कृषकले ‘दुधराज’ र अछामे मसिनो चामलको भात र आँगापझुत्ते धानको चिउरा लोपै हुने अवस्थामा पुगेको कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.