चितवन । नेपाल भ्यालुअर्स एशोशीयसन चितवन च्याप्टरको अध्यक्षमा इ संञ्जयचन्द्र न्यौपाने निर्वाचित हुनु भएको छ । बिहिबार राती सम्पन्न पाँचौ साधारण सभा तथा चौथो अधिबेशनले न्यौपानेको नेतृत्वमा नौ सदस्यिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इ. सुमन कोइराला, इश्वर कुमार श्रेष्ठ, सचिबमा लोमस अधिकारी, कोषाध्यक्षमा इ. सन्तोष तिमिल्सीना, सह सचिबमा इ. आशिष काफ्ले, चयन हुनुभएको छ । अधिबेशनबाट सदस्यहरुमा इ.अनन्त गैरे, इ.सरोज वराल, इ. बिजय ढुङ्गाना, ई. कपिल अधिकारी र इ. उमेश ढकालसर्बसम्मत निर्वाचित हुनु भएको हो ।
अधिबेशन अघि सम्पन्न साधारण सभामा बोल्ने बक्ताहरुले पछिल्लो समयमा आर्थिक मन्धिका कारण वैंकले मूल्याङकन कर्ता (भ्यालुयस)हरुलाई कालोसुचिमा राख्नु गलत भएको बताएका छन् । कुनै समयको बजार मूल्य र मालपोत मूलयलाई आधार मानेर गरेको मूल्याङ्न आर्थिक मन्दी हुँदा देखिन नहुने उनीहरुको भनाई छ । भ्ययालुयर्स (मूल्याङ्कन)कर्ताहरुको अपनान वैंकहरुले गर्न थालेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।
संघका केन्द्रीय अध्यक्ष संञजयकुमार महत्वले यही अबस्था रहे इन्जिनियहरुले कुनै पनि संस्था वा व्याक्तिगत सम्पतीको मूल्याङ्कन गर्न नसक्ने बताउनुभयो । अहिले बैंकहरुले मूल्याङ्कन कर्तालाई सामान्यय रुपमा लिएको बताउँदै उहाँले यो अबस्था रहे देशभरीको मूल्याङ्कनको काम ठप्प पार्ने बताउनुभयो । कार्यक्रममा एशोशीयसनका सल्लाहाकार इ.लक्ष्मण बाबु सेढाई, नेपाल ईन्जीनियर्स एशेशियसन भरतपुरका अध्यक्ष इ.कृष्ण प्रसाद रिजाल, एसिई का अध्यक्ष इ.विष्णु अधिकारी,एशोशियशनका मकवानपुर सचिबअनिल बानिया, एसोशियसनका चितवन च्याप्टका संस्थापक अध्यक्ष इ इश्वारी प्रसाद कौडाल, बरिष्ठ इ. अमित कौडाल लगाएले अहिलेको मूल्याङ्कन कर्ताहरुमा परेको समस्याका बारेमा बोल्नुभएको थियो ।








