• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गण्डकी कोटीहोम : बिहीबार हास्यकलाकार,महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिकासम्मको प्रस्तुति

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की । मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउण्डेशनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल को भजन प्रस्तुति तथा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

    फाउण्डेशनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन् । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्धमा १ सय ५० जनाले सामुहिक ब्रतबन्ध गरेका छन्। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न लागेको यो कार्यक्रमको तयारी पूर्ण रुपमा पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    संयोजक ढकालका अनुसार कार्यक्रम अन्तर्गत व्रतबन्ध गर्न चाहने परिवारले आफ्ना छोरा तथा आफन्तजनलाई पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक व्रतबन्ध गराउने अवसर प्राप्त गर्ने समेत जानकारी गराएका छन्।
    बुधबारमात्रै, उत्कृष्ट दानवीरको रूपमा सङ्कल्प आमा समूहले १ लाख ९ हजार रुपैयाँ, जनजागृति आमा समूहसहित अन्य व्यक्तिहरूले दान गरेका छन्।
    त्यस्तै, भोली २५ गते बिहीबार, एकादशी पर्वको अवसरमा अन्नदान कार्यक्रम आयोजना हुँदैछ।

    यस्तै कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको संयोजक ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।

    यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

    शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको र बुधबार १० समुह प्रतिस्पर्धा गराइएको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
    प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ । वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भईरहेको छ । सो कोटीहोममा रक्तदान कार्यक्रम हरेक दिन भएको छ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.