सांकेतिक तस्विर
दाङ ।नेपाल प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा छापा मारेर नगदसहित जुवाडेलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारी, २८ वर्षीय विवेक भण्डारी, घोराही–१७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल रहेका छन् ।
भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा पुगेको प्रहरीले ६ गड्डी तास बरामद गरेको छ ।








