• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

एमाले चितवन अध्यक्ष पाठकको ढकाललाई चेतावनी: ‘विश्व पौडेलको योग्यता नजरअन्दाज नगर्नू’

  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर  ।   नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालको एक टिप्पणीप्रति कडा आपत्ति जनाएका छन् । उनले ढकालको सोच र राजनीतिक परिपक्वतामाथि गम्भीर प्रश्न उठाएका छन् । ढकालले चितवन क्षेत्र नं. १ बाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाली कांग्रेसका नेता डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न खोजेको भन्दै कटाक्ष गरेपछि पाठकले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन्।

    हरि ढकालले डा. विश्व पौडेललाई लक्षित गर्दै संसदमा बोल्ने क्रममा,’मसँगै चितवनमा चुनाव लडेर हार्ने व्यक्तिलाई गभर्नर बनाउन खोजिँदै छ।’ भन्दै उनले नेपाली कांग्रेसले पौडेललाई गभर्नरको रूपमा अगाडि सारेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ढकालको यो भनाइले सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कतिपयले उनको टिप्पणीलाई हल्का र अनुचित ठहर गरेका छन् । जवाफमा, कमल पाठकले आफ्नो फेसबुक स्टाटसमा ढकालको सोच र क्षमतामाथि कडा प्रहार गरे।

    उनले लेखे, ‘हरि ढकालजीले के बोल्नु भाको? मसँग हारेको व्यक्ति गभर्नर बन्न खोज्दैछ रे। तपाईंभन्दा कयौँ गुणा काबिल मान्छे हुन् डा. विश्व पौडेल। उनमा राष्ट्र बैंकको गभर्नर हुन चाहिने योग्यता छ कि छैन, त्यो छलफलको विषय होला। तर तपाईंले उनको क्षमतालाई कम आँक्नुले बरु तपाईंकै सोच्ने क्षमताप्रति दया लाग्छ।’ पाठकले भने, ‘यो भनाइकै कारण तपाईं वडा अध्यक्ष हुन पनि योग्य हुनुहुन्न भन्ने प्रमाणित भयो।’ पाठकले ढकालको जितलाई ‘नौटङ्की’ सँग तुलना गर्दै चुनावी प्रक्रियामा काबिल व्यक्तिहरू हार्ने र कमजोर व्यक्तिहरू जित्ने अवस्था आउन सक्ने बताए। उनले विगतमा काठमाडौँबाट नानीमैया दाहालको जितको उदाहरण दिँदै ढकालको जितलाई इतिहासमा चर्चित हुने तर गलत सन्दर्भमा रहने टिप्पणी गरे।

    उनले भने, ‘चुनाव हारेका व्यक्तिलाई अयोग्य ठान्नु मानसिक दोष हो। तपाईंले आफूलाई अत्यन्त अब्बल र हार्नेहरू, सुरेन्द्र पाण्डे र डा. विश्व पौडेल, लाई कमजोर ठान्नुभएको छ भने यो चितवन क्षेत्र नं. १ को दुर्भाग्य हो, जसले तपाईंजस्तो सांसद पायो।’ हालै डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नेपाली कांग्रेसले प्रस्ताव गरेको चर्चा चलेपछि ढकालको टिप्पणी आएको थियो। पाठकले पौडेलको योग्यता र क्षमतालाई जोड दिँदै उनलाई गभर्नरको चर्चामा ल्याइनु स्वाभाविक भएको बताए।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.