• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका सात पालिकामध्ये कालिकाको अधावधिक बेरुजु सबैभन्दा कम, नेपालकै उत्कृष्ट दश भित्र पर्न सफल

  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका हाल चितवन जिल्लामा सबैभन्दा कम अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल पालिका बनेको छ ।

    यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको उल्लेख गरिएको छ ।

    २०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरेको छ ।

    लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम अलुल गरि नगरपालिकाको खातामा जम्मा गरिएको जानकारी दिए ।

    पेश्कि रकम पेश्कि फर्छाैट गरेको तथा नगरपालिकाले आवश्यक विभिन्न कानुन तथा कार्यविधि निर्माण गरेकोले रु १५ करोड ६६ लाख बेरुजु फर्छौट गरी महालेखा परिक्षक कार्यालयको २०८१ सालमा प्रकाशित आर्थिक वर्ष २०७९/०८० सम्मको तथ्याङक अनुसार हाल रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु कायम भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको टिकाराम रेग्मीले बताए ।

    आर्थिक वर्ष २०७९/०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाईएको तथ्याङक अनुसार कालिका नगरपालिकाको हाल रु ४ करोड ३३ लाख ४४ हजार चितवन जिल्लामा सबैभन्दा कम बेरुजु बाँकी छ ।

    ईच्छाकामना गाउँपालिकाको रु १० करोड ८० लाख ६४ हजार दोस्रो, खैरहनी नगरपालिकाको रु ११ करोड ८४ लाख ९२ हजार तेस्रो, रत्ननगर नगरपालिकाको रु १६ करोड १८ लाख ८९ हजार चौथो, राप्ती नगरपालिकाको १९ करोड २९ लाख ९४ हजार पाँचौ, माडी नगरपालिकाको ४६ करोड १५ हजार छैठौं र भरतपुर महानगरपालिकाको ९३ करोड ५० लाख २९ हजार सबैभन्दा धेरै कुल बेरुजु बाँकी रहेकाले सातौं स्थानमा छ ।

    चितवन जिल्लाकै सबै भन्दा कम रु ४ करोड ३३ लाख ४४ हजार बेरुजु कायम गर्न सफल भएको कालिकाका नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिको सम्पूर्ण पक्षमा साना साना सुधार गरिरहेको बताउदै नगर प्रमुख रेग्मीले कानुनहरुको पालना गरेको प्रतिक्रिया जनाए ।

    कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालका अनुसार नगरपालिकाले बजेट तर्जुमा गर्दा र खर्च गर्दा नेपाल सरकारको, बागमति प्रदेश सरकारको सम्पूर्ण कानुनहरु पालना गरेको र नगरपालिकाले आफैले बनाउनु पर्ने कानुन, कार्यबिधिहरु र मापदण्डहरु बनाई तिनिहरुको पूर्ण पालना गर्दा बेरुजु न्यूनीकरण सम्भव भएको हो ।

    यसैगरी, जिल्ला समन्वय समिति चितवनको आयोजनामा गत बैशाख ३१ गते बुधवार नगरपालिकामा लेखा समितिसँग अन्तरक्रिया भएको छ ।

    अन्तरक्रियाका क्रममा जिल्ला समन्वय अधिकारी तथा चितवन जिल्लाको बेरूजु सम्परिक्षण तथा फर्छौट समितिका संयोजक हरि प्रसाद शर्माले आर्थिक वर्ष २०७९/०८० सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाईएको तथ्याङक अनुसार कालिका नगरपालिका चितवन जिल्लाकै सबै भन्दा कम रु ४ करोड ३३ लाख ४४ हजार अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल भएकोमा नगरपालिकालाईृ बधाई तथा सफतताको शुभकामना दिए ।

    अन्तरक्रियाका कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, लेखा समितिका सदस्यहरू विरेन्द्र तामाङ र शान्ति महतो सहभागी थिए ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.