• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

माडीको अयोध्या-धामको नाममा जग्गा नहुँदा सरकारी बजेट विनियोजनमा समस्या

  •   मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन। यहाँको माडीस्थित अयोध्याधामको आफ्नै नाममा जग्गा नहुँदा सरकारी बजेट विनियोजन गरी विकास निर्माण गर्न कठिन भएको छ । विसं २०७७ असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले घोषणा गर्नु भएलगत्तै विसं २०७८ साल वैशाख ८ गते मूर्ति प्रतिस्थापन गरिएको थियो । मूर्ति प्रतिस्थापन भएपछि धाम विकासका लागि बजेट माग गरिए पनि आफ्नै जग्गा नहुँदा विनियोजनमा समस्या भएको छ । माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले धाम घोषणा भएको पाँच वर्षसम्म पनि जग्गा धामको नाममा नहुँदा सोचेअनुसार काम गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा प्राप्तिका लागि प्रक्रियामा छौँ । जग्गा प्राप्ति हुनासाथ धाम निर्माण प्रक्रिया अघि बढ्छ ।”

    अहिले जग्गा प्राप्तिका लागि वडा, नगरपालिकाबाट निर्णय गरेर पठाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीसहितको टोली धाम स्थलमा बैठक बसेको छ । आवश्यक कागजात पूरा गरेर जग्गाका लागि मन्त्रालयमा सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । धाम निर्माणका अगुवा स्थानीय श्याम विष्टका अनुसार माडी नगरपालिका–९ मा प्रति ऐलानी, खोलाको उकास र खोलाले विस्थापित गरेपछि व्यक्तिले छाडेकोसहित गरी १०० बिघा जमिन धामका लागि छुट्याइएको छ । संस्था दर्ता गरेर आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि प्रक्रिया अघि बढ्ने छ । धाम घोषणा भएसँगै बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट बनेको गुरुयोजना जग्गा प्राप्तिका कारण अनुमोदन हुन सकेको छैन ।

    माडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष शिवहरि सुवेदीले धामको नाममा जग्गा उपलव्ध नहुँदा प्राप्त वजेट समेत कार्यान्वयनमा समस्या भएको बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपनि आवश्यकताअनुसार विकास गर्न नसकिएको उहाँको भनाइ छ । धामको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले हाल यहाँ सामान्य संरचना निर्माण भइरहेको बताउनुभयो । “अहिले यहाँ अस्थायी रुपमा मन्दिर निर्माण गरेर राम, सीता, लक्ष्मण, हनुमानको मूर्ति राखिएको छ”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार सो क्षेत्रमा ४० जना क्षमताको धर्मशाला, खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको छ । यसका लागि करिब रु ८५ लाख खर्च भइसकेको छ । हाल बागमती प्रदेश सरकारले विनियोजना गरेको रु एक करोड ५० लाख बजेट भौतिक संरचना निर्माणबाहेक जग्गा संरक्षणमा मात्रै खर्च गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.