• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सेवा प्रवाहलाई सहज बनाउँदै चितवनको उद्योग तथा वाणिज्य कार्यालय

  •   बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनमा चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म २८० वटा नयाँ साना उद्योग दर्ता भएका छन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार यस अवधिमा २५५ वटा उद्योगको लगतकट्टा अर्थात् बन्द भए । पाँच लाखदेखि १५ करोड रूपैयाँसम्म पुँजी भएका उद्योगहरु यो कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । गत आवमा ४३९ वटा नयाँ उद्योग दर्ता हुँदा ३६७ उद्योगको लगतकट्टा गरिएको थियो । १८६ उद्योगले पुँजी वृद्धि गरेका थिए ।

    चालू आवको १० महिनामा दर्ता भएका नयाँ उद्योगहरुमा उत्पादनमूलक ५०, कृषिमूलक १२०, पर्यटनमूलक १० र सेवामूलक १०० वटा रहेको उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले बताए । बन्द भएका २५५ उद्योगमध्ये उत्पादनमूलक ५५, कृषिमूलक १२५, पर्यटनमूलक २१ र सेवामूलक ५४ वटा रहेको उनले जानकारी दिए । चालू आवमा ९८ उद्योगले पुँजी वृद्धि गरेको पौडेलले बताए । उनका अनुसार दुई हजार १७ उद्योगले नवीकरण गराएका छन् भने १२ उद्योगले उद्देश्य थप गरेका छन् ।

    त्यस्तै, पाँच लाखदेखि पाँच करोड रूपैयाँसम्म पुँजी भएका वस्तु तथा सेवाका खरिद–बिक्री गर्ने व्यवसाय प्रदेश सरकारमातहतको यस कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । चालू आवको १० महिनामा त्यस्ता ३२५ वटा नयाँ व्यवसाय दर्ता भएकामा ३५४ व्यवसाय बन्द भएको पौडेलले जानकारी दिए । दुई हजार ६३२ व्यवसायको नवीकरण र १७० व्यवसायको पुँजी वृद्धि भएको उनले बताए । राज्यको नीतिका कारण उद्योगहरु बन्द हुने क्रम जारी रहेको चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे बताउँछन् । ‘सरकारी नीति तथा कार्यक्रम साना उद्योगीहरुका लागि कहिल्यै आएन, हाम्रो पहलमा मात्रै सीमित भयो । सधैँ पहुँचवालाको मात्रै नीति कार्यक्रम आयो’, उनी भन्छन्, ‘आर्थिक मन्दीका कारण उद्योगहरु धराशायी भएका छन् ।

    उद्योगहरु बन्द हुने क्रम जारी छ ।’ बैंकहरुले पनि साना उद्योगहरुलाई कहिल्यै सहयोग नगरेको उनले बताए । सहज तरिकाले उद्योग तथा व्यवसाय स्थापना, पुँजी वृद्धि एवम् नवीकरण गर्नका लागि कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख पौडेल बताउँछन् । ‘सेवाग्राहीले अनलाइन प्रणालीबाटै राजस्व भुक्तानी गर्न सक्नुहुन्छ, हामीले एकद्वार प्रणालीबाट सेवा दिँदै आएका छौँ । सेवाग्राहीहरु कागजपत्र बोकेर कोठा–कोठामा चाहर्न पर्दैन’, उनी भन्छन्, ‘अलिकति हुलाक टिकटमा समस्या छ ।’

    हुलाक टिकट कार्यालयले खरिद गरी बिक्री गर्न नपाउने भएकाले सेवाग्राही आफैँले किनेर ल्याउनुपर्ने उनले बताए । कार्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरिँदै छ भने सौन्दर्यीकरणका कामहरु पनि भइरहेको छ । ‘हामीले कुनै पनि काम गर्न कार्यालयमा पुग्नै नपर्ने गरी अनलाइनबाटै नवीकरणको निस्सा निकाल्न मिल्ने प्रणालीको विकास गर्न प्रस्ताव गरेका छौँ’, उनले भने । कार्यालयले चालू आवको १० महिनामा तीन करोड १८ लाख १० हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । सबैभन्दा धेरै व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट तीन करोड चार लाख सात हजार रूपैयाँ सङ्कलन भएको हो । कार्यालयले गत आवमा तीन करोड ५५ लाख ९४ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.