• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

केमसान चितवनमा नयाँ नेतृत्व – अध्यक्षमा रानाभाट निर्वाचित

  •   शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल,(केमसान) चितवनको १२औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले अर्जुन रानाभाटको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्षमा सुरज मरहठ्ठा, महासचिवमा नारायण अर्याल, कोषाध्यक्षमा दिनेश खनाल र सदस्यहरूमा मिलन पुरी तथा बसन्त पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको विधानअनुसार बाँकी दुई सदस्य पछि मनोनयन गरिने व्यवस्था रहेको छ ।

    रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल चितवन शाखाका अध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षता एवंम् रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका केन्द्रीय अध्यक्ष भक्तबहादुर हमाल प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभाको उद्घाटन शत्रमा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो । साधारण सभामा निवर्तमान महासचिव मनोज ज्ञवालीले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विगत तीन वर्षको संघको गतिविधि, उपलब्धि, समस्या र समाधानतर्फको पहलबारे विस्तृत जानकारी दिनुभयो। त्यसैगरी, आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष सुरज मरहठ्ठाले प्रस्तुत गर्नुभएको थियो।

    उहाँले आय–व्ययको स्थिति स्पष्ट गर्दै संघको आर्थिक अवस्था सन्तोषजनक रहेको उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष अर्जुन रानाभाटले संघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त भएपछि धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “व्यवसायीहरूको हित र हक अधिकारको संरक्षण हाम्रो प्राथमिकता हुनेछ । रसायन तथा मेडिकल आपूर्तिको व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र हो, यसमा पारदर्शिता, सुरक्षा र नैतिक व्यापारिक अभ्यास आवश्यक छ । संघले आगामी दिनमा तालिम, अनुगमन, नीति निर्माणमा सहयोग तथा सरकारी समन्वयमा सक्रिय भूमिका खेल्नेछ।”

    उहाँले थप भन्नुभयो, “व्यवसायीहरूलाई पेशागत सुरक्षा, नियमित अपडेट र समस्यामा सघाउने वातावरण बनाउन हामी प्रतिबद्ध रहनेछौं। सबै सदस्यहरूको साथ र सुझावको अपेक्षा राख्दै हामी यो जिम्मेवारी इमान्दारीपूर्वक निभाउनेछौं।”संघमा हाल ७४ जना व्यवसायी आवद्ध रहेको जानकारी नव निर्वाचित सदस्य बसन्त पौडेलले दिनुभयो । उहाँका अनुसार संघको पहुँच विस्तार हुँदै गएको छ । कार्यक्रमले संघको सुदृढीकरण, सदस्यता विस्तार, नीति निर्माणमा सहजीकरण र समन्वयात्मक भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गर्दै समापन गरिएको थियो । उपस्थित सदस्यहरूले अधिवेशनलाई सफल र सकारात्मक ठहर गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.