काठमाडौं । पार्टीभित्र विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच छलफल भएको छ। धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डले शुक्रबार दिउँसो पौडेल र पोखरेलसँग छलफल गरेका हुन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र सचिवालयमा वितरण गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । बुधवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रचण्डको पत्रको जवाफ दिने बताएका छन् ।








