• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

विद्या भण्डारीलाई राजनीतिमा ल्याएर एमाले बिगार्ने चाहना असफल भयो : डा. राजन भट्टराई

  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रामेछाप । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गरेको बताएका छन्। रामेछाप नगरपालिका–८, भंगरीमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दुई प्रमुख दलबीचको सहकार्यबाट मुलुकले एक वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। जस्तोसुकै हल्ला भए पनि दुई वर्षसम्म एमाले–कांग्रेसको सहकार्य यथावत रहने उनको दाबी छ।

    कार्यक्रम नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापनमा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजना गरिएको थियो। भट्टराईले एमाले अहिले विधान महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै नेता–कार्यकर्तालाई विधानमाथि गम्भीर छलफलमा सहभागी हुन आग्रह गरे। पार्टी सुदृढीकरणका लागि विधानको बहसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको धारणा उनले व्यक्त गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनः प्रवेशबारे पार्टीको केन्द्रीय कमिटीले स्पष्ट निर्णय गरिसकेको जानकारी दिँदै भट्टराईले भण्डारीको नाममा पार्टीमा अस्थिरता ल्याउने प्रयास विफल भएको दाबी गरेका छन्।

    एमाले बिग्रियोस् भन्ने तत्वहरूलाई पार्टी निर्णयले असफल बनाएको उनले बताए। भण्डारीले राष्ट्रपतिको पदमा रहँदा गरिमामय भूमिका निर्वाह गरेकाले उनको योगदानको पार्टीले उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले संवैधानिक पदमा पुगेका व्यक्तिहरूले पुनः दलगत सक्रिय राजनीतिमा फर्किँदा संवेदनशीलता पैदा हुने हुँदा त्यसलाई उपयुक्त मान्न नसकिने बताए। राष्ट्रपतिको गरिमा जोगिनुपर्ने पार्टीको सोच अनुसार नै भण्डारीलाई राजनीतिमा नल्याउने निर्णय गरिएको उनले स्पष्ट पारे। भट्टराईले नेकपा एमालेसहित आजको कम्युनिष्ट आन्दोलनको जग नै पुष्पलाल श्रेष्ठले २००६ सालमा राखेको उल्लेख गरे।

    उनका अनुसार संसारभरि प्रतिकूल अवस्थामा अघि बढिरहेको कम्युनिष्ट आन्दोलनसँगै नेपालमा पुष्पलालले गम्भीर जोखिम मोलेर कम्युनिष्ट विचारको बीउ रोपेका थिए। पुष्पलालको योगदानबिना अहिले एमालेजस्ता पार्टी हुने अवस्था नै नआउने धारणा उनले राखे। पुष्पलालसँगै गंगालालजस्ता समाज परिवर्तनका अगुवा नेताहरूको चेतना अझै सान्दर्भिक रहेको बताउँदै उनले ती नेताहरूको योगदानबाट भावी पुस्ताले पनि शिक्षा लिनुपर्ने बताए। ती नेताहरू स्वतन्त्रता, समानता र विकासको पक्षमा एकमत रहेको उल्लेख गर्दै उनले त्यसलाई आजको राजनीतिक शिक्षाको आधारका रूपमा लिनुपर्ने बताए।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.