• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

  •   बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएपछि आज दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम स्थगित भएको हो।

    प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि शपथग्रहण समारोह स्थगित गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएको हुँदा उहाँ आज बिहानै उपचारका लागि काठमाडौं प्रस्थान गर्नुभएको छ। त्यसैले उहाँको निर्देशनअनुसार शपथग्रहण कार्यक्रम हाललाई स्थगित गरिएको छ।’

    बुधबार मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए। तर नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण शपथग्रहण बिहीबारका लागि सारिएको थियो।

    मुख्यमन्त्री लामा उक्त निर्वाचनमा कांग्रेसका इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। बानियाँले आफूलाई बहुमत सांसदको समर्थन रहेको दाबी गर्दै लामालाई राजीनामा दिन दबाब दिइरहेका छन्। तर लामा भने संसदीय दलको नेताबाट पराजित भएको आधारमा राजीनामा दिनुपर्ने छैन भन्ने अडानमा छन्।

    बहादुरसिंह लामा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। उक्त धाराले कुनै पनि दलको स्पष्ट बहुमत नपुगेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत हासिल गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था गरेको छ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.