• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनको बाटुली पोखरीमा ४८४ वटा चराको गुँड गणना

  •   आइतबार, साउन १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनन । भरतपुर महानगरपालिका–१३ मा पर्ने बाटुली सामुदायिक वनस्थित रमणीय बाटुली पोखरीमा यस वर्ष ४ सय ८४ वटा चराको गुँड फेला परेका छन्। नेपाल पक्षीविद संघ (NOU) को प्राविधिक सहयोगमा मेघौली घडगाई नेचर गाइड एसोसिएसनले साउन १६ गते (३१ जुलाई २०२५) आयोजना गरेको गुँड गणनाकाे क्रममा ४ सय ८४ वटा गुँड फेला परेको हाे ।

    गणना अभियानमा ३० जना नेचर गाइड तथा प्रकृतिप्रेमी सहभागी थिए। समुद्र सतहबाट ३ सय १३ मिटर उचाइमा रहेको यो पोखरी बारन्डाभार जैविक मार्ग (Corridor) अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको बफर जोनमा पर्छ। सालबृक्ष (Shorea robusta) ले घेरिएको यस क्षेत्रलाई दुर्लभ प्रजातिका चराहरूको प्रजनन स्थलका रूपमा महत्वपूर्ण मानिन्छ। गणनामा फेला परेका ४८४ गुँडमध्ये ४७८ गुँड एशियन ओपनबिल (Asian Openbill) प्रजातिका रहेका छन् भने २ गुँड ओरिएन्टल डार्टर (Oriental Darter) प्रजातिका हुन्। बाँकी ४ गुँड खाली अवस्थामा भेटिएका छन्। एकैवटा सालको रूखमा १८ वटा गुँड देखिनु यसपटकको विशेष आकर्षण बन्यो। गुँडहरू पोखरीको पानी सतहभन्दा २.५ मिटरदेखि ३० मिटरको उचाइसम्म रहेका छन्।

    गत वर्षको तुलनामा यस वर्ष गुँडको संख्या १७ प्रतिशतले वृद्धि भएको छ। सन् २०२४ मा यहाँ ४ सय १३ वटा गुँड भेटिएका थिए। यस वर्ष चितवन राष्ट्रिय निकुञ्जले पोखरी क्षेत्रमा डुङ्गा चलाउने र पिकनिक जस्ता मानव गतिविधि रोक लगाएकोले चरा प्रजननमा सकारात्मक प्रभाव परेको जनाइएको छ। गुँड गणनामा चितवन राष्ट्रिय निकुञ्जका रेन्जर छत्र खड्का, वरिष्ठ गेम स्काउट रङ्ग बहादुर बस्नेत, गेम स्काउट ताशी लामा लगायतको उल्लेखनीय भूमिका रहेको थियो।

    नेपाल पक्षीविद संघका अध्यक्ष हठन चौधरीले चराहरूको संरक्षणमा निकुञ्ज प्रशासन, बफर जोन समिति र स्थानीय समुदायको सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि गुँड गणनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.