काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान नेपाली कांग्रेसका भातृ संस्था नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा कांग्रेसका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका थिए ।बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको भन्दै पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ । कालो झण्डा देखाउने भिडलाई प्रहरीले तितरवितर पारेको छ । अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।








