• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

वर्तमान सरकार विघटन गर्न राप्रपाको माग

  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राप्रपाले वर्तमान सरकार विघटन गर्न माग गरेको छ । सोमबार राप्रपाको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजीको आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनपछि वर्तमान सरकारको उपादेयता समाप्त भएको निश्कर्ष निकालेको छ ।

    राप्रपाले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आव्हान गरेको छ । राप्रपाले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको टिप्पणी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको बताएको छ ।

    राप्रपाको विज्ञप्ति

    राप्रपाको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । काठमाडौं लगायत देशका विभिन्न शहरमा आज जेनजी पुस्ताले भ्रष्टाचार, समग्र बेथिति, कुशासन र सामाजिक सञ्जालमाथि सरकारको गैरजिम्मेवार प्रतिबन्धको विरोधमा आयोजना गरेको प्रदर्शनमा सरकारबाट भएको अत्यधिक बल प्रयोग र बर्बर दमनप्रति राप्रपा दु:ख व्यक्त गर्दै घोर निन्दा एवं भत्सर्ना गर्दछ। देश निर्माणको सुन्दर अभिलाषा लिएर प्रदर्शनमा सहभागी भएका निर्दोष युवा पुस्ताले नेपालको ईतिहासमै नभएको सरकारको बर्बर दमनबाट शहादत प्राप्त गर्न पुगेका छन् ।

    भ्रष्टाचार विरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचार विरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको छ। शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ । आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाको रूपमा लिएको छ। यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निश्कर्ष रहेको छ । तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।

    असीम दुखको यस घडीमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौं। प्रहरी दमनबाट ठूलो संख्यामा घाइते भएकाहरु एवं समाचार संकलनका क्रममा घाइते पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। युवा पुस्ताको आजको यो आवाज २०६२/६३ को आन्दोलनपछिको व्यवस्थाले ल्याएको उपज हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न सक्दैन भन्दै विगत दुई दशक देखि संसद, सडक र विभिन्न समयमा गरिएका आन्दोलनमार्फत आवाज बुलन्द पार्दै आएको थियो। आज युवामाथि भएको राज्यको क्रुर दमनले अहिलेको व्यवस्थाको चरित्र मात्र देखाएको छैन यसले अब फेरि निर्णायक आन्दोलन नगरे युवा पुस्ताले फेरि दुख पाउने निश्चित छ।

    साथै काठमाण्डौंमा गत चैत्र १५ गते पनि प्रदर्शनकारीमाथि सरकारले शक्तिको गैरकानुनी प्रयोग गरी अत्यधिक दमन गरेको वर्तमान सरकारले त्यतिबेला सहजै उन्मुक्ति पाउँदा आजको प्रदर्शनमा दमनका लागि सरकार थप हौसिएको राप्रपाको ठहर छ। विशुद्ध गैर राजनीतिक यूवाहरूको जेनजी पुस्ताले अघि सारेका सुशासन, प्रविधि एवम् समग्र मुद्दाहरूमा राप्रपाको साथ, समर्थन र ऐक्यवद्धता छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.