चितवन । चितवनमा एक पुरुषको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२, पटिहानी, बोटेटोल बस्ने ३९ वर्षका पूर्णबहादुर कुमाल रहेका छन् ।
घर नजिकैको बेलसहर सामुदायिक वनमा सोमबार निउरो टिप्न जाने क्रममा गैडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज, बटुक दल गणका प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुमालको घटनास्थलमै मृत्यु भएको र हाल मुचुल्का उठाउने काम भइरहेको छ । उक्त सामुदायिक वन निकुञ्जको नजिकै पर्छ । अधिकांश बोटे, थारु समुदाय यो समयमा निउरो टिप्न वन जाने गर्छन् ।








