• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गृहमन्त्री अर्यालबाट सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण भ्रमण

  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । गृह एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले असोज ५ गते आईतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सोही अवसरमा भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा दिवंगत सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै घाईते नागरिक तथा सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका थिए । मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै मुलुकमा देखा परेका विभिन्न अप्ठ्यारा परिस्थितीहरुमा आईपरेका चुनौतीहरुलाई परास्त गरी राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सुरक्षा निकायको रुपमा स्थापित गराएको चर्चा गर्दै आगामी निर्वाचनमा पूर्ण तयारी र योजनाका साथ परिचालित भई कार्य सम्पन्न गर्न सफल हुने समेत बताए ।

    उनले नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले समेत राम्रोसँग बुझेका छन् भन्ने कुरामा विश्वास व्यक्त गर्दै आगमी दिनमा समेत कार्यक्षेत्रमा थप हौसलाकासाथ परिचालित हुनुपर्नेमा जोड दिए । सशस्त्र प्रहरी बल नेपालले प्राथमिकिकरण गरेका कार्यादेश अन्तर्गत बोर्डर सेक्युरिटी, इन्टरनल सेक्युरिटी, रेभेन्यु सपोर्ट एण्ड डिजास्टर म्यानेजमेन्टमा केन्द्रित भई सीमा स्तम्भ मर्मत तथा सम्भार, सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव वेचविखन, हातहतियार तथा लागूऔषधको ओसारपसार नियन्त्रणमा डेडिकेटेड सुरक्षा फौजको रुपमा परिचालन हुँदै राजश्व चुहावट नियन्त्रणमा समेत अहम भूमिका निर्वाह गरेको र राजश्व चुहावट नियन्त्रण तथा संकलनको लागि सम्बन्धित निकायसँग समन्वयात्मक रुपमा साँझा योजनासहित ईमान्दार र प्रतिवद्ध भई कार्य गर्नुपर्ने समेत उनले बताए ।

    कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षा अनुरुप सुरक्षा प्रदान गर्दै आईरहेको बताउदै संगठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचालित हुँदै आईरहेको बताए । उनले राजश्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवद्र्धन मार्फत राज्यको अर्थतन्त्रमा योगदान पुर्‍याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आईरहेको उल्लेख गनुहुँदै सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको संख्या बृद्धि गर्नसके उल्लेखित उपलब्धिमा थप उल्लेखनिय बृद्धि हुने विश्वास व्यक्त गरे ।

    महानिरीक्षक अर्यालले संगठनले सुशासन र नैतिक शासनलाई प्राथमिकतामा राखि नागरिकलाई सुरक्षित अनुभव गराउने कार्यशैली अपनाउँदै परिचालित हुँदै आईरहेको र आगामी घोषित आम निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने भूमिका निर्वाह गर्न पूर्ण प्रतिवद्ध रहेको समेत बताए । उनले सशस्त्र प्रहरी बल नेपालले विभिन्न आन्दोलनहरुको शान्तिपूर्ण व्यवस्थापनको लागि हुल तथा दंगा नियन्त्रणमा सक्षम विशेष इकाईको स्थापना तथा विकास, बख्तरबन्द सवारी, वाटर क्यानन, दंगा नियन्त्रण उपकरण, नियन्त्रित सामाग्री तथा नन लेथल र लेस लेथल हतियारहरुको प्राप्तिका लागि नीतिगत र बजेट व्यवस्थापनमा मन्त्रालयको आवश्यक सहयोग रहने समेत विश्वास व्यक्त गरे ।

    निरीक्षणका क्रममा गृह तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरेका थिए भने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सशस्त्र प्रहरी बल नेपालको बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.