काठमाडौं । गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । रमेशले मंसिर २२ गते कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । दृष्टिविहीन भए पनि ज्ञान, बोल्ने शैली र क्षमताबाट प्रभावित पार्न सक्ने रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।









