हेटौँडा । निकै चर्चा कमाएको मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने परेवाभिरको ६ सय ३० मिटरको दुरीमा सडक बन्ने भएको छ। हिजो सोमबार सडक निर्माणका लागि गाउँपालिका र निर्माण कम्पनिका प्रतिनिधिबिच ठेक्का सम्झौता भएसँगै परेवाभिरमा सडक बन्ने पक्का भएको छ । सडकखण्ड निर्माणको ठेक्का सम्झौता बाँनिया लामा जेभी निर्माण कम्पनी र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतबिच हिजो भएको हो। सम्झौतापत्रमा कम्पनीको प्रतिनिधि उज्वल बाँनिया र गाउँपालिका को तर्फबाट प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले हस्ताक्षर गरेका छन्। गाउँपालिकाले सडक निर्माणको लागि ६ करोड ७५ लाख रुपैँयाको टेन्डर आव्हान गरेकोमा उक्त टेन्डर बाँनीया लामा जेभीलाई पाएको थियो। सडक निर्माणका लागि ठेक्का आब्हान भएको चार महिना पछि आज ठेक्का सम्झौता भएको हो।४ करोड ३२ लाख रुपैयामा ठेक्का सम्झौता भएको सडक १८ महिना अबधिमा निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्।सडक निर्माणको लागि गाउँपालिकाले २ करोड तथा केन्द्रीय सरकारले २ करोड रुपैँया विनियोजन गरेको छ भने बाँकी रकम भने अन्य श्रोतबाट संकलन हुने गाउँपालिकाका अध्यक्ष मल्लले बताए।








