चितवन : कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने २० जनासहित ३४ सवारीलाई कारबाही गरिएको छ ।
आज लकडाउनको १६ औँ दिन २१ मोटरसाइकल, १३ स्कुटीलाई होल्ड कारबाही गरेर साँझ ८ बजेपछि क्रमैसँग छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
निज मानिसहरुका सम्बन्ध आवश्यक छानबिनपश्चात सम्झाइबुझाइ अतिआवश्यक कामबाहेक लकडाउन अवधिभरि अटेरीगरी घर बाहिर नहिँड्ने शर्तमा छाडिएको हो ।








