हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा पुस तेस्रो साता बस्ने तयारी गरिएको छ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पुसको तेस्रो साता बागमती प्रदेशको सातौं अधिवेशन बस्ने गरी तयारी थालेको बताएका हुन् । प्रदेशसभा सचिवालयमा भएको पत्रकार सम्मेलनमा सभामुख श्रेष्ठले पुसको तेस्रो साता अधिवेशन शुरु गर्ने गरी प्रदेश सरकारसंग परामर्श भईरहेको उनले बताए । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गर्ने प्रावधान रहेको छ । सभामुख श्रेष्ठका अनुसार अहिले संसदमा एउटा मात्रै विधेयक रहेको छ । बागमती प्रदेशमा अहिलेसम्म दर्ता भएका ६० वटा विधेयकमध्ये ५९ वटा पारित भइसकेका छन् भने २ वटा अध्यादेश पनि यही अवधीमा पारित भएको छ ।








