• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

गैँडाकोट इङ्लिस स्कुलमा उत्कृष्ट विद्यार्थी सम्मान, तेजस्वीलाई १ लाख नगद पुरस्कार

  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट–२ मा रहेको जिल्लाकै एकमात्र ‘क’ वर्गको गैँडाकोट इङ्लिस स्कुलले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै जिल्लामै प्रथम स्थान बनाउन सफल भएको छ। विद्यालयले ९८.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उल्लेखनीय सफलता प्राप्त गरेपछि आज विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विशेषगरी ४.०० जिपिए प्राप्त गरेकी छात्रा तेजस्वी पन्तलाई विद्यालयले पूर्वघोषणाअनुसार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। विद्यालयले यसअघि नै ४.०० जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। तेजस्वीले आफ्नो मेहनत, लगनशीलता र आत्मविश्वासका कारण उक्त उपलब्धि हासिल गरेपछि विद्यालयले विशेष सम्मानसहित पुरस्कार प्रदान गरेको जनाएको छ।

    सम्मान कार्यक्रममा विद्यालयका प्राचार्य हिरालाल अर्याल, गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यलगायतले छात्रा पन्तलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्राचार्य अर्यालले विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विद्यार्थीको सफलता शिक्षक, अभिभावक र विद्यालयको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यसैगरी नगर शिक्षा अधिकारी आचार्यले विद्यार्थीहरू केवल पढाइमा मात्र अब्बल भएर नपुग्ने भन्दै उनीहरू नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले सकारात्मक सोच, असल चरित्र र सामाजिक उत्तरदायित्व बोकेका विद्यार्थी उत्पादन गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको बताउनुभयो।

    कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.