नवलपरासी । पूर्वी नवलपरासीमा विना इजाजत सञ्चालनमा रहेका डेढ दर्जन बढी बालुवा प्रशोधन केन्द्रहरु बन्द गराइएको छ । विनयी त्रिवेणी गाउँपालिका भित्र विना दर्ता सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गरिएका हुन । स्थानीय प्रशासनले गएरातिसम्म गरेको अनुगमनका क्रममा विनयी त्रिवेणीका १७ वटा बालुवा प्रशोधन केन्द्र भनेर सञ्चालनमा ल्याइएको क्रसर उद्योगहरुमा शिल गरेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले विनयी त्रिवेणी गाउँपालिकामा १७ वटा बालुवा प्रसोधन केन्द्र शिल गरिएको बताइन् । उनले भनिन, ‘कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेका तर साना तथा घरेलु उद्योगमा दर्ता नगरेको र पालिकामा पनि दर्ता नगरेको पाइएको शिल गरिएको हो ।’ यसअघि पनि नवलपुरमा २ वटा बालुवा प्रसोधन केन्द्र शिल भैसकेको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले विनयी त्रिवेणी गाउँपालिकामा १७ वटा बालुवा प्रसोधन केन्द्र शिल गरिएको बताइन् । उनले भनिन, ‘कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेका तर साना तथा घरेलु उद्योगमा दर्ता नगरेको र पालिकामा पनि दर्ता नगरेको पाइएको शिल गरिएको हो ।’ यसअघि पनि नवलपुरमा २ वटा बालुवा प्रसोधन केन्द्र शिल भैसकेको छ ।








