• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवप्रवेशी विद्यार्थी तथा अभिभावक लक्षित अभिमुखीकरण सम्पन्न

  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । अक्सफोर्ड माध्यमिक विद्यालय, गैँडाकोट–२ द्वारा कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थी तथा अभिभावकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका विभिन्न विभागका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    विद्यालयका प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा +२ व्यवस्थापन विभाग प्रमुख हरिप्रसाद थपलियाले स्वागत मन्तव्य व्यक्त गर्दै नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालय परिवारमा स्वागत गर्नुभयो। उहाँले विद्यालयको शैक्षिक वातावरण, अनुशासन, मूल्य र उत्कृष्टताप्रतिको प्रतिबद्धताबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन प्रेरित गर्नुभयो।

    कार्यक्रममा +२ विज्ञान विभाग प्रमुख जगतबहादुर बानियाँले कक्षा ११ को शैक्षिक संरचना, मूल्याङ्कन प्रणाली, अतिरिक्त क्रियाकलाप, आचारसंहिता तथा अध्ययन–अध्यापन प्रक्रियाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको उल्लेख गर्नुभयो।

    प्रधानाध्यापक प्रा. डा. इन्जिनियर हरि भण्डारीले विद्यालयको २६ वर्ष लामो शैक्षिक यात्राको समीक्षा गर्दै शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि तथा आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई जिम्मेवार, सक्षम र नैतिक नागरिक निर्माण गर्ने आधार भएको बताउँदै विद्यार्थीहरूलाई अनुशासित, मेहनती र लक्ष्यप्रति समर्पित बन्न आग्रह गर्नुभयो।

    कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, समूह लोकनृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी वातावरणलाई थप आकर्षक बनाएका थिए। नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट प्रतिनिधि विद्यार्थीले आफ्ना अनुभव र अपेक्षा व्यक्त गरेका थिए भने अभिभावक प्रतिनिधिहरूले विद्यालयप्रति विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षाको क्षेत्रमा विद्यालयले खेलिरहेको भूमिकाको प्रशंसा गरेका थिए।

    कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीहरूले अभिमुखीकरण कार्यक्रम उपयोगी, जानकारीमूलक तथा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए। समापनका क्रममा उप–प्रधानाध्यापक तथा कार्यक्रम सञ्चालक कृष्णहरि पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयको वातावरणसँग सहज रूपमा घुलमिल हुन तथा आगामी शैक्षिक यात्राका लागि आवश्यक आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.