भरतपुर ।राप्रपा चितवनले स्थानीय तहका वडामा वडा कार्य समिति गठन कार्य तीव्र बनाएको छ । माडी नगरपालिकाको वडा नम्बर ८ मा आज(सोमबार) १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । राजकुमार परियारको अध्यक्षतामा गठित वडा कार्य समितिमा उपाध्यक्षमा सूर्यबहादुर पुनमगर र सचिना पाठक, सचिव खड्कबहादुर सेढाई, सहसचिव सूर्यबहादुर हरिजन, कोषाध्यक्ष मलिना रुचान चयन भएका छन् ।
यस्तै सदस्यहरुमा वीरेन्द्र बहादुर भण्डारी, आशबहादुर गुरुङ, खास बहादुर सुनार, मंगल राई, उत्तमबहादुर सुनार, श्यामबशशादुर दलामी मगर, देवी कार्की क्षेत्री, अर्जुनबहादुर अधिकारी, सुरेश सुवेदी, गीता पुन, दिलकुमारी गिरी, टंकबहादुर रेग्मी, अनिता चेपाङ चयन भएका छन् । यस्तै दलित समितिको अध्यक्षमा होमबहादुर गायक गन्धर्व, जनजाति अध्यक्षमा आशाराम गुरुङ, महिला अध्यक्षमा मलिा रुचाल, युवा अध्यक्षमा प्रकाश गुरुङ चयन भएका छन् ।
राप्रपा माडि–८ वडा समितिको अधिवेशनको उद्घाटन कार्यक्रममा राप्रपा नेता तथा बागमती प्रदेश सांसद रिना गुरुङ, क्षेत्रीय अध्यक्ष मदन पौडेल, जिल्ला पार्टी प्रवक्ता राजु भण्डारी, राप्रपा महिला कोषाध्यक्ष गीता आर्चाय लगायतले मन्तव्य राख्नुभएको थियो । प्रदेश सांसद रिना गुरुङले आगामी निर्वाचनमा माडीलाई राप्रपामय बनाउन वडा समिति सक्रिय बन्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताका माग र समस्या सम्बोधन गर्न उदासिन बनेकाले अब विकल्प खोज्ने चेतावनी दिनुभयो ।








