• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन

  •   आइतबार, असोज २५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–कुरिनटारमा निर्माण सम्पन्न इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले अस्पताल भवनको उद्घाटन गरेका हुन् । इच्छाकामना गाउँपालिकाको स्थापनापछिको सबैभन्दा ठूलो लगानीका परियोजनामध्ये एक मानिएको अस्पताल भवन निर्माणमा १९ करोड रुपैयाँ खर्च भएको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

    अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै पालिकामा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७९ मा १५ शय्याको अस्पतालका लागि नमुना दरबन्दी स्वीकृत गरी पठाएको थियो । उक्त दरबन्दीमा नवौँ वा दशौँ तहका मेडिकल जनरलिस्टको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहने प्रस्ताव गरिएको थियो । हाल अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा थप दुई मेडिकल अधिकृतसहित ३० जना जनशक्ति कार्यरत छन् ।

    अस्पतालबाट २४ सैँ घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एम्बुलेन्स सेवा, बहिरङ्ग (ओपीडी), प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्ड तथा फार्मेसीलगायत १५ भन्दा बढी प्रकारका सेवा उपलब्ध हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट अभिशेख लिम्बुले जानकारी दिए । मौलाकालिका अस्पतालसँगको सहकार्यमा महिनामा एकपटक स्त्री तथा प्रसूति रोग विशेषज्ञ र रेडियोलोजिस्टको सेवा समेत उपलब्ध राइएको उनले बताए । अस्पतालबाट दैनिक ५० देखि ६० जनासम्म बिरामीले सेवा लिँदै आएका छन् । इच्छाकामना आधारभूत अस्पतालको इतिहास २०५१ सालमा स्थापित दारेचोक उपस्वास्थ्य चौकीसँग जोडिएको छ । उक्त संस्था २०६९ सालमा दारेचोक स्वास्थ्य चौकीका रूपमा स्तरोन्नति भएको थियो। त्यसपछि कोभिड–१९ महामारीका क्रममा २०७७ सालमा अस्थायी अस्पतालका रूपमा सञ्चालन गरिएको थियो। २०८० कात्तिक ३ गते इच्छाकामना आधारभूत अस्पताल स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको इच्छाकामना गाउँपालिका उपाध्यक्ष मायासिलवालले जानकारी दिइन् ।

    कोभिड–१९ महामारीका बेला स्थानीय तहमा ठूलो संख्यामा बिरामीको व्यवस्थापन गर्नुपर्ने आवश्यकता र अस्पताल सञ्चालनयोग्य भवनको अभावलाई ध्यानमा राख्दै संघीय सरकारले देशभरका स्थानीय तहमा ५÷१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति अघि सारेको थियो । संघीयताको मर्मअनुसार गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय अनुसार अस्पताल निर्माण गरिएको उनले बताइन् । सोही योजनाअन्तर्गत २०७७ मंसिर १५ गते देशभर एकैसाथ आधारभूत अस्पताल भवनको शिलान्यास गरी निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

    अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा आर्थिक स्रोत व्यवस्थापनमा संघीय सरकारसँग समन्वय गरिने जनाइएको छ । साथै, प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ । १९ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको अस्पताल भवनले इच्छाकामनाका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने अपेक्षा गाउँपालिकाको रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.