चितवन। चितवनमा प्रहरीले ठूलो परिमाणमा पटाकाजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। अवैध रूपमा भण्डारण गरी राखिएको झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार बरामद गरिएका पटाकाजन्य विस्फोटक पदार्थको संख्या ८० हजार ३७२ पिस रहेको छ।
बरामद सामग्रीको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ। त्यस्तै, घटनासँग सम्बन्धित स्थानबाट नेपाली नगद १ लाख ७२ हजार ३०० रुपैयाँसमेत बरामद गरिएको छ। यस घटनामा संलग्न रहेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल चितवनको कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र भारतको मोतिहारी घर भई हाल भरतपुर महानगरपालिका–३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार (राज जैसवाल) रहेका छन्।








