• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो । भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७० प्रतिशत फूल नोक्सान भएको बताउनुहुन्छ । बजारमा पठाउन नपाउँदै पानी पर्दा फूलको हाँगा भाँचिने र चिसो फूल टिपेर पठाउँदा कालो हुने समस्या आएको उहाँले बताउनुभयो । उहाँले अहिले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ । एक बिघा क्षेत्रफलमा फूलखेती गर्न रु एक लाख ५० हजारभन्दा बढी खर्च लाग्ने गरेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हिजोआजदेखि फूल टिपेर माला बनाएर स्टोरमा राख्ने भन्ने योजना भए पनि पानीका कारण सम्भव भएन ।” दसैँपछि टिपेर बजार पठाउनुपर्नेमा माग नभएपछि पठाइएको थिएन । जिल्ला कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार तीन दिन परेको वर्षाका कारण फक्रिएर बजारमा जान नपाएका फूलहरुमा क्षति पुगेको हो । उहाँका अनुसार जिल्लामा लगाइएको फूलमध्ये ६० देखि ७० प्रतिशत फूल फक्रिएको थियो । फक्रिएको फूलमध्ये ५० प्रतिशतभन्दा बढीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । कोपिला लागेका फूलमा भने क्षति नभएको उहाँको भनाइ छ । उहाँका अनुसार यस वर्ष जिल्लामा ४४ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । सो क्षेत्रफलमा प्रतिहेक्टर एक हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको छ । अनुमान गरेअनुसारको उत्पादनले जिल्लाको माग मात्रै नभई छिमेकी जिल्लामा पुग्ने देखिन्थ्यो ।

    फक्रिएको फूलमा क्षति पुगेपछि अहिले बजारमा फूलको मूल्य बढ्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “बजारमा फूलको मूल्य गत वर्षको तुलनामा यस वर्ष बढ्ने देखिन्छ ।” व्यावसायिक रुपमा फूलखेती गरेका कृषक बर्सातका कारण मारमा परेका छन् । फक्रिएको फूल कालो भएपछि बजारमा लैजान लायक नहुने उहाँले बताउनुभयो । फूलखेतीका लागि यो वर्ष मौसमले साथ नदिएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा जिल्लामा गत वर्षको तुलनामा यस वष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकोमा यस वर्ष ४४ हेक्टर क्षेत्रफलमा गरिएको छ । उहाँका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस १, थाई टिनिस, टिनिस २, सुमति र कर्मा ५५५ जातका फूलका बिरुवा रोपिएको छ । गत वर्ष जिल्लामा लगाइएको सयपत्री फूलखेतीबाट १३१ दशमलव चार मेट्रिक टन फूल उत्पादन भएको थियो ।

    जिल्लाका सातै पालिकामा व्यावसायिक रुपमा चाडपर्व लक्षित फूलखेती गरिँदै आएको छ । यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्रीखेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । थोरै जग्गामा पनि राम्रो उत्पादन दिने भएकाले यहाँका कृषक चाडपर्व लक्षित सयपत्री फूलखेतीमा अकर्षित भएका हुन् । उहाँले भन्नुभयो, “गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो ।” नेपालमा उत्पादित सयपत्रीको माग बढ्न थालेको उहाँको भनाइ छ । रासस

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ
    एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.