• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सहरीकरण र सवारीसाधनको बढ्दो चापसँगै सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सवारी पार्किङलाई व्यवस्थित गर्न चितवनको भरतपुरमा नियमितजसो ट्राफिक सचेतनाका कार्यक्रम संचालन भइरहेका छन्। सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित भरतपुरको चोबिसकोटीमा आज बिहान ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। भरतपुर महानगरपालिकाको आयोजना, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको प्राविधिक सहयोग तथा दर्शन मिडियाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

    भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, ट्राफिक प्रहरी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष खनालले ट्राफिक व्यवस्थापन सरकार वा प्रहरीको मात्रै जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सबैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभयो।

    कार्यक्रममा भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले महानगरपालिकाले सहरको ट्राफिक व्यवस्थापन, सडक पूर्वाधार सुधार तथा व्यवस्थित पार्किङका लागि गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो। उहाँले सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिका, ट्राफिक प्रहरी, व्यवसायी र आम नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

    त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक संकेत, ट्राफिक लाइटको प्रयोग, सडक अनुशासन, सुरक्षित सवारी सञ्चालन तथा पार्किङ व्यवस्थापनका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभयो। ट्राफिक नियमको सामान्य बेवास्ताले समेत दुर्घटना निम्त्याउन सक्ने भएकाले सडक प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।

    कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले चितवन माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयका स्वयंसेवक विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो। विद्यार्थीहरूले ट्राफिक स्वयंसेवकका रूपमा सडक प्रयोगकर्ता र सर्वसाधारणलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोगबारे सचेत गराउन सहयोग गरेका थिए।

    स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। भरतपुरका बिभिन्न ६ स्थानमा ट्राफिक लाइट जडान भइ परिक्षणको क्रममा रहेको समयमा ट्राफिक लाइट र अन्य नियमबारे जानकारी गराउन सडकमै कार्यक्रम आयोजना गरिनु सकारात्मक विषय भएको सडक प्रयोगकर्ताको प्रतिक्रिया छ।

    भरतपुर महानगरले विधार्थी, सडक प्रयोगकर्ता, व्यवसायी र आम नागरिकलाई ट्राफिक नियमबारे जानकारी गराइ दुर्घटना न्यूनिकरण गर्नुको साथै बजार अझै व्यवस्थित गराउने अभियान संचालन गरिरहेको भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखामा कार्यरत बरिष्ठ शाखा अधिकृत सारदा शर्माले जानकारी दिनुभयो।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    • २.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ४.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ७.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ८.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.