काठमाडौं ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट संरक्षित वन्यजन्तु र आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–१ घर भइ हाल काठमाडौंको टोखा बस्ने ४१ बर्षीय भेषबहादुर थापा र तेह्रथुमको लालिगुँरास नगरपालिका–४ घर भइ टोखा बस्ने ४६ बर्षीय डिल्लीमान पौडेल रहेका छन् । टोखा नगरपालिका–२ चण्डेश्वरीबाट उनीहरुलाई आठवटा जीवित सुनगोहोरो र चितुवाको टाउकोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
संरक्षित वन्यजन्तु र आखेटोपहार अवैधरुपमा किनबेच हुन लागेको विशेष सूचनाका आधारमा महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बेच्न लागिएका वस्तुसहित दुई जनालाई पक्राउ गरेको थियो ।
चितुवाको टाउको र सुनगोहोरो सहित दुई जना पक्राउ
चितुवाको टाउको र सुनगोहोरो सहित दुई जना पक्राउ
- अ
- अ
- अ








