नवलपुर । मध्यविन्दूको एक सामुदायिक वनमा नवजात शिशु मृत अवस्थामा भिटेएको छ । पूर्वी नलवपरासीको मध्यविन्दु नगरपालिका ७ विजय सामुदायिक क्षेत्रमा मृत शिशु भिटेएको हो । बनको साधमा नवजात शिशुलाई सुरुवालको कपडाले वेरी जेब्रा झोला भित्र मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीले जनाएको छ । मृतक शिशुको घटनास्थलमा सवकोजाँच प्रकृति , मुचुल्कालगाएतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षणको लागी मध्यबिन्दु जिल्लाअस्पताल डण्डामा राखिएको छ । थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








