साङ्केतिक तस्वीर
हेटौंडा । मकवानपुरमा पछिल्लो वर्षहरुमा बलात्कारको घटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरमा पछिल्लो चालु आर्थिक वर्ष २०७७/७८ को ५ महिनामा २२ वटा बलात्कारको घटना दर्ता भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार चालु आर्थिक वर्ष देखि आजको दिन सम्म २२ वटा बलात्कारको घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउन महिनामा ५ वटा मुद्धा दर्ता भएको छ । यसैगरि क्रमश भदौ,असोज,कार्तिक र मंसिर महिनामा क्रमशः २ र ५/५ वटा मुद्धाहरु दर्ता भएका प्रहरीले जनाएको छ । दर्ता भएको २२ मुद्धामा १६ जना पक्राउ परेका छन् भने ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष (२०७६/७७) मा मकवानपुरमा ३६ वटा बलात्कारका घटनाहरु भएका थिए । जसमा ३२ जना पक्राउ परेका थिए भने ४ जना अझै पनि फरार रहेका छन् । त्यसैगरि आर्थिक वर्ष २०७५/७६ मा ३२ वटा बलात्कारका घटना भएकोमा २६ जना पकाउ परेकोमा ६ जना अझै फरार रहेका छन् । माथिको चालु आर्थिक वर्षमा जिल्लामा दर्ता भएका बलात्कारका घटना र पछिल्लो दुई वर्षको तथ्यांकको तुलनामा यस वर्ष बलात्कारको घटना बढेको देखिन्छ । गएको मंगलबार (मंसिर ३० गते) हेटौंडाको न्युज क्लब नेपालमा भएको एक कार्यक्रमम बोल्दै मकवानपुर प्रहरी प्रमुख शुशिल सिंह राठोरले मकवानपुरमा बलात्कार,हत्या जस्ता हिंसाहरु बढेको बताएका थिए । उनले जिल्लामा भएका घटनाहरुमा संलग्नलाई नियन्त्रणमा लियर कानुनी दायरामा लिन मकवानपुर प्रहरी सफल भएको बताए । उनले बलात्कारको घटना तथा महिला हिंसा आफ्नै घर परिवारको नजिकको आफन्तबाट बढी हुने गरेको बताए । उनले घर परिवार छिमेकीबाट हुने हिंसाबारे बोल्ने नसके प्रहरीलाई खबर गर्न समेत आग्रह गरे । उनले घर,परिवार र समाज सचेत नभएसम्म हिंसाका घटनाहरु बढ्ने भन्दै घर परिवार सचेत हुनुपने बताएका थिए । आरोपित किशोरलाई थुनामा राख्न आदेश: गएको मंसिर ३ गते जिल्लाको बागमती गाउँपालिका वडा नंबर ७ को लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको बलात्कार पछि हत्या समेत भएको थियो । बलात्कारपछि हत्या आरोपित एक किशोरलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । आईतबार (मंसिर २९ गते) जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलासले बलात्कारपछि हत्या आरोपी १४ वर्षीय भएकाले हेटौंडा–११ थानाभर्याङस्थित बाल सुधारगृहमा राख्न आदेश गरेको हो । आरोपित बालकलाई मंसिर ४ गते प्रहरीले पक्राउ गरेको थियो।








