हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिकाका वडा नम्बर ६ मा लगाइएको गाँजा खेती नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका (६ गोवरस्थानमा लगाईएको ७ बिगाहा गाँजा खेति फडानी गरी नष्ट गरेको जनाइएको छ।यस अघि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिकाको वडा ननम्बर २, ३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका विभिन्न स्थानहरुमा गरी कुल २२० बिगाहमा लगाएको गाँजा खेती नष्ट गरेको थियो।








