नवलपुर । नवलपरासीपूर्व बिनयी त्रिवेणी गाउँपालिकास्थित बिनयीखोलाबाट नदीजन्य वस्तु चोरी निकासी गरेका ११ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले गएराती बिनयीत्रिवेणी गाउँपालिका १ ठूल्टाँडीस्थित बिनयी खोलाबाट नदीजन्य बस्तु चोरी गर्दै गरेका ६ वटा र वडा नम्बर २ स्थित बिनयी खोलाबाटै चोरी निकासी गर्दै गर्दा ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ११ वटै ट्याक्टरहरुलाई आवश्यक कारबाहिको लागि सम्बन्धित कार्यलयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।








