हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी बजारमा मोटरसाइकल र अटो ठक्कर खाँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सा सबैठा गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय अमरजित कुमार, अटो चालक मनहरी–७ रमनटारका १८ बर्षीय सरोज थिङ, अटोमा सवार स्थानीय १८ बर्षीय सुजन व्लोन रहेका छन् । घाइते व्लोनलाई थप उपचारका लागि भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना२ह २३७७ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्कर दिने दुबै सवारी प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।








