हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विग्रदो समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भुमिका महत्वपुर्ण रहेको बताएका छन्। शुक्रबार बिहान हेटौँडामा भएको नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले यसो भनेका हुन।उनले हामी सबैले समाजमा रहेको विकृति हटाउन जरुरी रहेको र त्यस कार्यका लागि स्काउट अग्रसर हुनेपर्ने कुरामा जोड दिएका छन्।मुख्यमन्त्री पौडेलले स्काउटको भुमिका बालबालिका प्रति सकारात्मक रहेको समेत बताए।समाजलाई परिवर्तन बनाउन हामी आफैले वचनबद्ध भएर लाग्नु पर्ने र स्काउटलाई जन्तामाझ पुर्याउन प्रदेश सरकारको स्काउटलाई सहयोग रहनेछ( मुख्यमन्त्री पौडेलले भने। पौडेललाई कार्यक्रम मार्फत नेपाल स्काउट बागमती प्रदेशले संस्थाको संरक्षकको रुपमा दिक्षित गरेको छ।








