काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्।चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
ती जहाजमा कोरोना संक्रमण आशंका गरिएका र पुष्टि भएका व्यक्तिकाे परीक्षण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री छन्।नेपालका निजी क्षेत्र फ्लास फ्रेट र सांग्रिला फ्रेटले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।यी जहाज बिहीबार साँझ चीनका लागि उडेका थिए।








