चितवन : कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएमा मध्ये केही गन्तव्यतर्फ गएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि उनीहरु हिँडेर घर जान लागेका हुन् । उनीहरुलाई चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेकामा केहीलाई ट्रकमा चढाएर पठाइएको छ भने केहीलाई पठाउने व्यवस्था हुँदैछ ।
बिहीबार बिहानैदेखि प्रहरीले छेकेपछि दिउँसोसम्म ३०० भन्दा बढी मजदुर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिनुभयो । मजदुर रोकिएपछि मौवाखोला बजारवासीले समेत प्रहरीलाई उनीहरुलाई हिँडेर घर जान दिन आग्रह गरेका थिए । बजारवासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि विवाद भएको थियो ।
मौवाखोलामा रोकिएका यात्रुलाई ट्रक चढाएर गन्तव्यतर्फ पठाईयो , केहि अझै व्यवस्था मिलेन
मौवाखोलामा रोकिएका यात्रुलाई ट्रक चढाएर गन्तव्यतर्फ पठाईयो , केहि अझै व्यवस्था मिलेन
- अ
- अ
- अ








