काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार ६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको ३१ पुगेको छ। दुईजना उपचार पछि डिस्चार्ज भइसकेका छन्। शुक्रवार मात्रै १४ जना थप संक्रमण देखिएको थियो।









