काठमाडैं । नेपालमा अझै पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । पश्चिमी वायुको प्रभावकै कारण आज ९शनिबार बिहान० देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस बाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ भने तराईका थोरै ठाउँमा हल्का कुहिरो हुस्सु लागेको महाशाखाले जनाएको छ ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पहाडी भेगका एक–दुई स्थान ९जहाँ पनि हुन सक्छ० मा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने संकेत पाइएको छ ।
यस्तै राति पनि पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात हुने लक्षण देखिएको छ ।








