काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति देखिंदैन । हाल देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ । काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








