फाइल फोटो
बर्दिया । बर्दियाको राजापुर नगरपालिका-१० कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारुको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
गेरुवा गाउँपालिका-६ बाझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा भैँसी चराउन गएका लालबहादुर सोमबार दिउँसो पाटेबाघको आक्रमणमा परी बेपत्ता भएका थिए । बेपत्ता भएकाे खबर पाउने बित्तिकै निकुञ्जको हात्तीसहितको टोलीले खोजी शुरु गरेको थियो । त्यसपछि उनको शव घटनास्थल आसपासमै साँझ पख भेटिएको छ । बाघले लालबहादुरको घाँटीमा आक्रमण गरी पुठ्ठा तिरको भाग खाएको अवस्थामा शव भेटिएको बताइएको छ ।








