दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० बर्षीय प्रकाश थापा र २३ वर्षीय तिलक थापा रहेका छन् । प्रकाशको लमही अस्पताल र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको मोटरसाइकल आइतबार राति लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।








