काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाले आज मुलुकका पहाडी भू –भागका केही स्थानमा मेघ गर्जन, चट्टयाङ् र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम
फाल्गुन २८ गते (शुक्रबार)
दिउँसो स् सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
राती : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू –भागका एक –दुई स्थानमा मेघ गर्जन–चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू –भागका थोरै स्थानहरुमा मेघ गर्जन ,चट्टयाङ्हा ,वाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।








