काठमाडौं । हाल देशभरको मौसममा स्थानीय वायुसंगै पश्चिमी वायुको समेत प्रभाव कायम रहेको छ। हाल देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक, दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक, दुइ स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।








