काठमाडौं । सोमबार देशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशको सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। देशको गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङ सहित पानी पर्ने सम्भावना रहेको छ ।








